Section 9I
हवाई सेवामा अनधिकृत हस्तक्षेप रोकथाम गर्ने सम्बन्धी महासन्धिको मान्यता

(१) नेपाल सरकारले देहायको कुनै महासन्धि (कन्भेन्शन) को पक्ष भएमा त्यस्तो महासन्धि, सो महासन्धि नेपाल  मा लागू हुने मिति र त्यस्तो महासन्धिलाई कार्यान्वयन गर्ने सिलसिलामा आवश्यक पर्ने अन्य कुराहरू समेत उल्लेख गरी नेपाल सरकारले आदेश जारी गर्न सक्नेछ र त्यस्तो आदेश नेपाल राजपत्रमा प्रकाशित गरिनेछ ः–
(क) सन् १९६३ मा टोकियोमा सम्पन्न भएको वायुयानभित्र गरेको कसूर र अन्य कार्य सम्बन्धी महासन्धि (कन्भेन्शन अन अफेन्सेज एण्ड सर्टेन अदर एक्ट्स कमिटेड अन बोर्ड एयरक्राफ्ट, टोकियो, १९६३),
(ख) सन् १९७० मा हेगमा सम्पन्न भएको वायुयानको गैर कानुनी कब्जाको दमन सम्बन्धी महासन्धि (कन्भेन्शन फर द सप्रेशन अफ अनलफूल सिजर अफ एयरक्राफ्ट हेग, १९७०),
(ग) सन् १९७१ मा मन्ट्रियलमा सम्पन्न भएको गैर सैनिक हवाई उडानको सुरक्षाको विरुद्ध गरिने गैर कानुनी कारवाहीको दमन सम्बन्धी महासन्धि कन्भेन्सन फर द सप्रेशन अफ अनफूल एक्ट्स अगेनस्ट द सेफ्टी अफ सिभिल एभिएशन, मन्ट्रियल, १९७१)
(घ) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका अन्य महासन्धि कन्भेन्सन) ।
(२) उपदफा (१) बमोजिम जारी गरिएको आदेश यसै ऐनमा परे सरह मानिनेछ ।